Archive for the 'Poems' Category

समय र सपनाहरु

December 17, 2006

-घनश्याम खड्का
मनको हासियाले
घास काटेर रहरको
यौवनको डोको भर्दै गरेकी
ए किशोरी
आजकल तिमीले देख्ने गरेको
सपनाको रङ्ग कस्तो छ हा ?

ब्यारेकमा कैद गर घामलाई

December 16, 2006

- घनश्याम खड्का
सबभन्दा पहिला
च्यात्यो उसले
आफ्नै नागरिकता
र भन्यो
सुन ए मान्छे हो
लौ, आजैबाट सुरु भयो,
यस युगको अन्तिम युद्ध
कस्तो अनौंठो कुरा !
ऊ अब मेटिदिन्छ रे
संसारभरको देशका नक्शा !
अब भत्काउँछु
रगतले उमारेका सबै पर्खाल
अब मेट्छु
रगतले कोरेका सबै सीमाना
उ बेस्करी चिच्यायो
मलाई चाहिन्छ
सग्लो पृथ्वी
यी ! अहिल्यै जलाइदिन्छु
राष्ट्रवादका
मोटा, मोटा गाथाहरु
खबरदार !
हिन्दू, मुसलमान र क्रिश्चियनहरु !
खबरदार !
सन्त, पादरी र भिक्षुहरु !
अबदेखि खारेज भए
तिम्रा सम्प्रदाय [...]