फुर्सदमा शारदा

घनश्याम खड्का

त्यहाँ आएपछि,’ उनले भनेकी थिइन्, ‘नरहर िआचार्यको घर सोध्नु, जसले पनि बताइदिन्छन् ।’
आफूलाई छिमेककाले चिन्लान् भन्नेमा उनलाई उति विश्वास रहेनछ । भनेको ठाउँमा भनेकै प्रश्न गर्दा नरहरकिो घर ‘ऊ त्यही हो’ भनेर देखाइदिने एउटा बूढो हात जाडो छल्न हतपत ज्याकेटको गोजीमा पस्यो ।

साँच्चै उनीबारे यो बाटो र गल्लीमा कसैलाई थाहै छैन ? जान्ने इच्छा एकदम बढेर आयो । अघिल्तिर कोही ज्यामीको काम हेरेर बसिरहेको थियो, सोधियो ।

‘को ? कवि शारदा शर्मा ?’ तिनले आँखा ठूलो पारे, ‘यही पल्लो त हो नि । सेतोचाहिँ ।’

खुसीजस्तो एउटा तरंग भित्र कत्रै उठ्यो, हाम्री लेखिका गुमनाम छैनन्, कम्तीमा उनले सोचेजति । तर शारदालाई उनले चिन्दा खुसी किन लाग्यो ? उत्तर आफैंसँग थिएन ।

चिसो बेस्सरी बढिरहेको थियो । कालो बुट्टे पच्छ्यौरी गुम्लुंग ओढेर शारदा आँगनमा मोबाइल खेलाउँदै उभिएकी थिइन् । ‘आउनुहोस्’ उनी भित्र पसिन् र सोफाको पल्लोछेउ पुगेर बसिन् ।
शारदा अचेल फुर्सदिली रहिछन् । जागिर राजनीतिजस्तो होइन, जतिखेर पनि व्यस्त हुनुपर्ने । नत्र त पति नरहरलिाई जत्तिकै उनलाई पनि कुदाकुद हुँदो हो ।

परविार नियोजन संघको जागिरे म्याद सकिएको छ । यसको दक्षिण एसिया क्षेत्रीय कार्यालय नयाँदिल्लीमा अब उनलाई बस्नु छैन । प्रजनन् स्वास्थ्यबारे काम गर्ने यो अन्तर्राष्ट्रिय संस्थामा उनले दुई वर्ष काठमाडौं र उति नै समय दिल्लीमा बिताएकी थिइन् ।

‘अब त घरमै हुन्छु,’ भनिन्, ‘मन लागे पढ्छु, घरको काम गर्छु ।’ एकान्तमा बेलुकातिर पढ्ने उनको बानी रहेछ ।

यतिखेर उनको जीवनमा धेरै कुरा ‘गरे पनि हुने, नगरे पनि हुने’ गरी आइरहेका छन् । धेरै भयो उनले उति लेखेकी छैनन् । दशकअघि पत्रपत्रिकामा छरएिका आलेखहरू बटुलेर परार ‘ अग्निस्पर्श’ छापियो ।

‘अबचाहिँ,’ उनले योजना सुनाइन्, ‘यात्रा संस्मरणको एउटा पाण्डुलिपि तयार छ । अन्तिम सम्पादन हुन मात्रै बाँकी ।’

स्याङजा आँधीखोलाको शिरतिर पर्ने आठगह्रेमा शारदा जन्मिन् । उनको जमानामा सडक र मोटर कल्पनामा पनि सबैको आउँदैनथे । सक्नेहरू घोडाको चाँजो मिलाउँथे, नसक्नेहरू घुँडा खियाएर हिँड्थे । यातायातको अर्काे विकल्प थिएन ।

शारदाका बाआमाले आफ्नी जेठी छोरीलाई हिँडाउन चाहेनन् । उनलाई ‘ग्यानी’ घोडामा चढाएर हिडाउँथे रे । त्यो घोडाको सम्झना त उनलाई छैन तर त्यसको बिम्ब उनको मनमा निकै प्यारो बनेर बसेको छ । बाबु महेश्वर शर्मा पञ्चायतका अञ्चल निर्देशन अधिकारी थिए ।

‘उहाँको जहाँ सरुवा हुन्थ्यो,’ शारदाले पाँच दशकअघिका दिनहरू खोतलिन्, ‘हामी उतै जान्थ्यौं ।’ सरुवापिच्छे शारदाको डेरा, विद्यालय र सम्झनाहरू पनि सर्थे ।

सम्झनामा कतै छन् पहिलोपटक पोखरा आएका क्षणहरू । एउटी सानी केटीले देखेको पोखरा अहिलेकी शारदाले देखेजस्तो थिएन । साना घरहरू, खच्चडै खच्चड र ‘पोखराभरमिा दुई मात्रै गाडी’ संसार बुझ्दै गरेकी बालिकाको मस्तिष्कमा नमेटिने गरी टाँसिएका छन् । संयोग कस्तो भने त्यसमध्ये एउटा गाडी उनकै बाबु चढ्थे, बाबुको काखमा उनी हुन्थिन् ।

घाँटीमा घण्टी र अनेक रङले सिँगारएिका खच्चर भारी बोकेर हिँड्थे । तिनकै बीच पोखराका कुना-कुना हानिन्थिन् शारदा । सेतीको धाँजा फाटेका सुनसान किनारतिर जान्थिन् । बाघ लाग्ने सिरु र खरबारी अचेल पोखरामा छैनन् । उनी यस्तो घारीमा घुम्न जाँदा आमाको क्रिमपाउडर नित्य दल्ने गर्थिन् । अबिर र तोरीको तेल घोलेर बनाएको बडेमाको रातो टीको निधारमा हुन्थ्यो । आँखामा घरमा बनाएको गाजल लत्पतिने गरी लामालामा कोस बनाएर लगाउँथिन् । खुट्टामा रबरको ‘स्लिपर’ घुसारेर निस्कन्थिन् । विन्द्यवासिनी मन्दिरको खुला आकाशमा गोलो घेरो बनाएर बसेको र पढेको सम्झना जीवनमा कहिल्यै मेटिएला र ?

शारदा आमासँग प्रायः झगडा गररिहन्थिन् । ‘जसले गर्दा बुबा मलाई जहाँ पनि साथै लिएर जानुहुन्थ्यो,’ भनिन्, ‘म उहाँको चोर औंलो समातेर हिँड्थें ।’

बाबु पोखराबाट स्याङ्जा जाँदा कयौंपल्ट शारदा पनि गएकी रहिछन् । बर्खाको बाढीमा आँधीखोलो तर्दा पिताजीको काँधमा दुईतिर खुट्टा झारेर बसेको सम्झना अहिले पनि उस्तै छ ।

लट्ठी टेकेर पानीमा पसेका बाबुको घाँटी छिचोलेर आफ्नो खुट्टो भिज्दा शारदा बडो डराउँथिन् । तीव्र गतिमा बगेको पानी हेर्दा फन्फनी रंिटा लाग्थ्यो । संसारको सबभन्दा ठूलो मान्छे उनका लागि बाबु नै थिए । ‘खोलो तरसिकेपछि चाहिँ,’ सम्भिmन्, ‘लागेको थियो, सबैभन्दा बलियो पनि उहाँ नै हुनुहुँदो रहेछ ।’

आमा राधाकुमारी शारदालाई कमिज र हाफ कट्टु लाइदिएर पाठशाला पठाउँथिन् । कपाल उनको छोटो हुन्थ्यो । भनिहालियो, डेरा सरेपिच्छे उनको स्कुल पनि सथ्र्याे । एउटा नयाँ स्कुलमा पहिलो दिनै शारदा तमासा बनेकी रहिछन् । साथीहरूले अचम्म मान्दै घेरेछन् र भनेछन्, ‘तिमी केटा कि केटी ?’

सरुवाकै मेसोमा बाबुको औंलो समातेर उनी राजधानी आइन् । कान्ति ईश्वरी हाई स्कुलमा भर्ना भइन् ७ कक्षामा । उनको उमेर थियो ८ वर्षको ।

‘सुरुमा सरले भर्ना गर्नै मान्नुभएन, सानी भन्नु भो’ उनले बाल्यकालीन सम्झनाको तस्िबर नियालिन्, ‘हुन पनि कक्ष्ााभरमिा म फुच्ची थिएँ ।’

‘मेरो बासँग कालो कुकुर छ,’ भर्ना गर्नुअघि शिक्षकले उनलाई सोधेछन्, ‘लौ, यसलाई अंग्रेजीमा भन ।’ शारदालाई यति नआउने कुरै भएन ।

बाबुको रुचि शारदालाई डाक्टर बनाउने थियो । त्यसै अनुसार उनी विज्ञानकी छात्रा पनि भइन् । तर उनी बाबुको सपना पछ्याउँदै इन्जिनियर भएका आफ्ना दुई भाइजस्तो डाक्टर हुन सकिनन् ।

श्ारदालाई तिथिमिति सम्झनु बडो झर्काे लागेर आउँछ रे । ‘कुन सालमा के भयो, मलाई अत्तोपत्तो हुँदैन,’ भनिन्, ‘बिर्सिहाल्छु ।’

तर जति नै बिर्सिए पनि २०३४ साल शारदाको चित्तबाट हराएको छैन । उनी भर्खर २० लागेकी थिइन्, बाबुले विवाह गरििदए ।

‘त्यतिखेर विवाह गर्नेेे/नगर्ने निर्णय बाआमाको हुन्थ्यो,’ शारदा कतै टोलाइरहेकी थिइन्, ‘उनीहरूले खोजिदिएको केटासँग विवाह हुन्थ्यो ।’

त उनका लागि फेला परेछन् कांग्रेस नेता नरहर,ि जो त्यतिखेर त्रिचन्द्र कलेजमा नेपाली प्राध्यापन गर्थे, राजनीतिमा लागिसकेका थिएनन् ।

त्यतिखेर नरहर िकस्ता थिए ? उनी कस्ती थिइन् ? दुलहालाई पहिलोपल्ट कसरी देखिन् ? मनमा कस्ता कुरा खेले ? भेटेर के भनिन् ?

‘यस्तो कुरा लेख्नुहुन्छ तपाईं ?’ शारदा विस्मयमा झन्डै चिच्याइन्, ‘भो, भो । अरू कुरा गरौं ।’

नरहरसिँग प्रातः भ्रमणमा उनी धेरै निक्लेकी छन् । एउटा हिउँदको बिहान हुस्सु उघ्रेको थियो ।

‘म दंग परें, कति सुन्दर खुला कञ्चन सफा प्रभात, कस्तो खुलेको ?’ उनको पतिसँगको सम्झना यस्तो छ, ‘तर त्यतिखेरै उहाँ भन्दै हुनुहुन्थ्यो कति धुम्म परेको बिहान, आकाशभर ि बादल लागेको छ । हामीले एकअर्कालाई हेर्यौं र हाँस्यौं ।’

जीवनलाई हेर्ने दृष्टिकोण पनि यस्तै हुँदो हो कि यी दुईको ? एउटाले खुलेको देख्दा अर्कालाई धुम्म किन लाग्छ शारदाजी ?

अचेल घरमा नरहर,ि उनी र कान्छी छोरी अपराजिता छन् । जेठी अनामिका सिड्नीमा बस्न थालेको ८-९ वर्ष भइसक्यो । ‘अपराजिता पनि गएकी थिई,’ उनले भनिन्, ‘ऊ चाहिँ स् नातकोत्तर गरेर फर्की ।’

अपराजिता र अनामिका एक वर्षको अन्तरालमा उनको गर्भमा आए । बाइस वर्षकी हुँदा, २०३७ सालमा आमा भइन् शारदा पहिलोपल्ट ।

‘यो मेरो जीवनको अत्यन्तै महत्त्वपूर्णघटना हो,’ भन्छिन्, ‘त्यो अनुभव नभएको भए धेरै किसिमले म अधुरै रहन्थें होला ।’

केटाकेटीलाई मुड चलेको बेला र फुर्सद हुँदा मात्रै माया गरेर र ध्यान दिएर पुग्दैन भन्ने शारदालाई थाहा छ । तर थाहा भएको जम्मै कुरा कहाँ गर्न सकिन्छ र जीवनमा ?

‘एउटी लेखकका रूपमा घरीघरी मलाई छोरीहरूप्रति दोषबोध हुने गर्छ,’ शारदा भित्रकी आमाको थकथकी छ, ‘आफ्नो स्वभावका कारणले म उनीहरूका लागि असल मायालु आमा बन्न सकिनँ कि जस्तो लाग्छ ।’ छोरीहरू उनीसँग भन्दा बाबुुसँग नजिक छन् रे ।

शारदाले ६-७ वर्षकी हुँदा कविता लेख्न थालेकी रहिछन् । मनमा लागेका कुरा उनी अरूलाई भन्नुभन्दा शब्दहरूमा उतार्न सजिलो मान्थिन् । उनका यिनै अनुभव ‘सीमान्त अनुभूति’, ‘ युद्धोपरान्त’ र ‘स्वर्णसूत्र’ पुस्तकमा कविता, ‘आस्थाको भग्नावषेश’ मा कथा र ‘अग्निस्पर्श’ मा आलेख भएर आएका छन् । उनी भावुक हुँदा कविता, प्रस्ट हुनखोज्दा निबन्ध र कथा लेख्छिन् रे ।

विवाहपछि उनी प्राणीशास्त्रमा स्नातकोत्तर गर्न त्रिभुवन विश्वविद्यालय भर्ना भइन् तर घरेलु जीवनले नियमित पढ्ने अनुमति दिएन ।

बरु नरहरसिँग घरमै ‘एकसरो पढेर’ नेपालीमा स्नातकोत्तर गरनि् । विद्यावारििध गर्ने इच्छाले उनी छ महिनासम्म निरन्तर त्रिवि पुस्तकालयमा बसिन् ।

‘तर सानोतिनो मिहेनतले नहुने रहेछ,’ भनिन्, ‘समय दिन नसकेर त्यो पनि उसै भयो ।’

उनीसँग स्कुले नानीहरूलाई विज्ञान पढाएको दुईवर्षे शिक्षिका अनुभव पनि छ । परविार नियोजन संघमा सञ्चार अधिकृत भएर जीवनका १५-१६ वर्ष बितेका छन् ।

शारदा आध्यात्मिक स्वभावकी छन् । भारतीय गुरु ओशो रजनीशका पुस्तक धेरै पढेकी छन् । गीतामाथि उनले दिएको प्रवचनका १८ वटा मोटा ठेली घरमै राखेकी छन् । नरहरसिँग तपोवनमा ध्यान गर्न पनि पुगेकी छन् ।

सबै कुरा हुँदा पनि केही नपुगेको जस्तो, केही नभएजस्तो अभावको बोध हुन्छ । ‘यो पृथ्वीमा म किन आएँ ? विवाह गर्न, छोरा छोरी पाउन, कि अरू पनि कारण छन् ?’ उनको गाला असाध्यै रातो भइरहेको थियो, ‘जवाफ नपाएर हैरान छु ।’ यही उत्तरकै खोजीलाई उनले ‘अध्यात्म’ भन्ने गरेकी छन् ।

उनलाई जीवन अत्यासपूर्ण लागेको छ धेरैपटक । जीवन ‘नितान्त असान्दर्भिक र अर्थहीन अनुभव भएको छ ।’

महिलाका आँखाले संसार हेर्दा उनले उज्यालो कमै देखेकी छन्, उनका पाठक यस्तै निष्कर्षमा पुग्छन् । ‘योनि, पाठेघर र त्यहाँको डिम्बभन्दा बाहेक’ उनले ‘अग्निस्पर्श’ मा लेखेकी छन्, ‘स्वास्नी मान्छेलाई कहिल्यै कसैले मान्छेका रूपमा हेरेको छ ? मान्यता प्रदान गरेको छ ? प्रेम गरेको छ उसलाई ?’

‘कुनै दिन, तिमीजस्तै

म पनि

मान्छे भएर हिँड्नेछु’

कविताका प्रत्येक शब्दले शारदाको उकुसमुकुस व्यक्त गरेका छन् । अध्ययनले भन्दा उनलाई जीवनले नै धेरै कुरा सिकाएको छ । भन्छिन्, ‘म बलियी भएकी छु पहिलेभन्दा, परपिक्व, सहिष्णु भएकी छु जस्तो अनुभव गर्छु ।’

उनी जीवनलाई सकेसम्म नियमित र व्यवस्थित बनाउने प्रयत्न गर्छिन् । कहिल्यै कसैमाथि केहीमा पनि ‘भर पर्न नपरोस्’ भन्ने कामना मनमा सधैं हुन्छ । बिहान मिलेसम्म एकछिन व्यायाम गर्छिन् । कहिले हिँड्छिन् । प्रातः भ्रमणमा फुर्सद मिलेका बखत नरहर िपनि हुन्छन् । बाटाभर िकहिलेकाहीँ यी दुईबीच कुनै विषयमा मतान्तर बढ्दै जान्छ र त्यो घरमा आएर पनि घन्टौंसम्म चलिरहँदो रहेछ । यो कुरो नरहरलिे उनको पुस्तकको भूमिकामा लेखेका छन् । यस्तोमा केही दिन बोलचाल पनि हुँदैन पति-पत्नीको । बहस हुँदा अक्सर छोरीहरू उनलाई साथ दिँदैनन् रे ।

बिहान घुमिसकेर घर आउने, पत्रिका पढ्ने, चिया खाने, नुहाउने आदि इत्यादि जे गरे पनि उनी पूजाचाहिँ गर्दिनन् ।

पूजा गर्नु ‘समय खेर फालेझैं’ लाग्छ । तर मन्दिरमा घण्ट बजेको चाहिँ किन मन पर्छ उनलाई ? उनले पूजा गरेको छोरीहरू रमाइलो मान्छन्न् रे । ‘नरहरजिीलाई पनि’ शारदाले रातो धोती, चुरा लाएर पूजा गरेको मन पर्छ । बिहान नुहाएपछि सधैं परमेश्वरका नाममा धूप बाल्ने र एकछिन ध्यान गर्ने उनको बानी छ ।

कहिलेकाहीँ तनाव हुन्छ । यस्तोमा उनी निकै अबेलासम्म उठ्दिनन् । कहिलेकाहीँ दिनभर िनै सुतिरहन्छिन् । मन अशान्त भएको बेलामा कुनै नियमले काम गर्दैन ।

‘यातायातको साधन आफ्नो हातमा नहुँदा बाँधिएको अनुभव भइरहेछ अचेल,’ भन्छिन्, ‘गाडी नरहरजिीसँग हुन्छ, मोटरसाइकल अपराजिता लिएर हिँड्छे । घरझगडाको कारण अचेल यो पनि थपिएको छ ।’

शारदा शाकाहारी हुन् । नरहर िपनि मासु खाँदैनन् । भनिन्, ‘छोरीहरू खान्छन् तर घरमा मासु पाक्दैन ।’ उनलाई सानोतिनो कुराले पनि छिट्टै छुँदोरहेछ । आँसु आउन बेरै लाग्दैन रे । भन्छिन्, ‘सिनेमा हेर्दा, पुस्तक पढ्दा पनि रुन्छु ।’ हाँस्दा, रुँदा सौन्दर्य बढ्छ रे । यो उमेरमा पनि अनुहारमा देखिएको चमकको रहस्य त्यही हो कि !

Leave a Comment