Archive for May 5th, 2008

गजल

May 5, 2008

घनश्याम खड्का
अ“ध्यारै भो बानी यो देशमा
विजुलीको खानी यो देशमा
मान्छे कति मरे तिर्खैले
तर धेरै पानी यो देशमा
जले जले सब सपना जले
कति धेरै खरानी यो देशमा
कम्ता छक्क छैन घनश्याम
खेर गो जवानी यो देशमा