-घनश्याम खड्का
मनको हासियाले
घास काटेर रहरको
यौवनको डोको भर्दै गरेकी
ए किशोरी
आजकल तिमीले देख्ने गरेको
सपनाको रङ्ग कस्तो छ हा ?
मलाई जान्न मन लागेको छ
मलाई सोध्न मन लागेको छ
निःशन्देह
यो निकृष्ट समयको कठोर प्रहारबाट
तिम्रा सपनाहरु पनि अछुत छैनन्
अनुभूतिको हिऊा पर्गेल्दै
म अनुमान लगाउन सक्छु
तिम्रै दैनिक भोगाइको संसार पनि
कुनै अमूर्त कविताको
दुर्बाेध्य प्रतिविम्बझै
दुरुह बनेर
प्रकट भएको हुादो हो यतिखेर तिम्रा अघिल्तिर
यस्तोमा
सपना देख्न पनि एउटा साहस चाहिन्छ
तर पनि त उमेर हो
एउटा सपना त देखेकी होलिऊ
भन न लाटी-तिम्रो सपनाको रङ्ग कस्तो छ ?
म जान्दछु,-
जब एक हुल पौरुष आाखाहरु
निर्धक्क सुम्सुम्याउन थाल्नेछन् तिम्रा अवयवहरु
तब तिमीले सहनु पर्नेछ समयलाई
विवश-विवश भएर
यस्तोमा सम्भव छ
तिमी घृणा गर्न थाल्नेछेऊ समयलाई
र सुरुवात हुनेछ
एउटा असीम घृणाको उपक्रम
एउटी किशोरीको मानसपटलमा
सपनाहरु त म पनि देख्ने गर्थेा तिम्रो उमेरमा
तिम्रो उमेर र मेरो समयबीच
भिन्नताका सहस्र रेखा कोरिए होलान् अब त
तिनताक म सपनाहरु देख्ने गर्थेा
नीलो आकाशको पींधसम्म पुगेर
र देख्थेा स्वर्गको आगो चोर्ने सपना
प्रमिथसले जस्तै
हो, मेरो किशोर मनका पत्रहरुमा
हजार सपनाका चाङहरु थिए
र म तिनै सपनाका सहाराले भन्ने गर्थें
दुनियाा बदल्नेछु एक दिन
तर त्यस्तो केही-केही भएन
बरु उल्टै
सहन नसकेर समयको निर्मम प्रहार
आत्महत्या गरे
मेरा एक हुल सपनाहरुले
एकैसाथ
र म भएा विलकुल सपनाहीन मान्छे
मनको हासियाले
घाास काटेर रहरको
यौवनको डोको भर्दै गरेकी
ए किशोरी
के तिम्रा सपनाहरु पनि
मेराजस्तै छन् ?
सपनाहरु कोमल हुन्छन्
र ती जल्ने गर्छन्
समयको रापमा परेर
ती निर्वल हुन्छन्
र मर्ने गर्छन् परिस्थितिको च्यापमा परेर
ती सुन्दर हुन्छन्
र डढ्ने गर्छन्
विवसताको आगोमा पिल्सिएर
अनि धेरै हदसम्म
सपनाहीनताको नियति भोगछन् मानिसहरु
मैले जस्तै र भन्छन्-
जीवन निस्सार छ
यो जटिल समयकी प्रतिबिम्ब
ए किशोरी
यही नियतिको पुनरावृत्ति
तिमीमा पनि हुने सम्भावनाहरु प्रशस्त छन्
त्यसैले
सपनाहरु जस्तासुकै हुन्
निर्घात मर्न नदिनू है तीनलाई
म त भन्छु-
सपनाहीन हुनु भनेको
मर्नु अगाडि नै मर्नु हो
निस्सार बााच्नु हो ।
Let Dreams flow spontaniously
Don’t let dreams die .
bimba khoi
kabi jee
hmmmm… ghanashyam ji…
keep it up dear fren….
verry nice poem kabi ji …….
you write again nice poems .
..ok….
VeRRy NiCe pOEm kabi jee………
haina kabi jee huna kahilebata ho suru gareko.
la la lekhdai janu ma paddai janchhu
ok