ब्यारेकमा कैद गर घामलाई

- घनश्याम खड्का

सबभन्दा पहिला
च्यात्यो उसले
आफ्नै नागरिकता
र भन्यो
सुन ए मान्छे हो
लौ, आजैबाट सुरु भयो,
यस युगको अन्तिम युद्ध

कस्तो अनौंठो कुरा !
ऊ अब मेटिदिन्छ रे
संसारभरको देशका नक्शा !
अब भत्काउँछु
रगतले उमारेका सबै पर्खाल
अब मेट्छु
रगतले कोरेका सबै सीमाना
उ बेस्करी चिच्यायो
मलाई चाहिन्छ
सग्लो पृथ्वी
यी ! अहिल्यै जलाइदिन्छु
राष्ट्रवादका
मोटा, मोटा गाथाहरु

खबरदार !
हिन्दू, मुसलमान र क्रिश्चियनहरु !
खबरदार !
सन्त, पादरी र भिक्षुहरु !
अबदेखि खारेज भए
तिम्रा सम्प्रदाय र साम्राज्यहरु
अबदेखि मरे
तिम्रा संकीर्ण ईश्वर र आस्थाहरु

राजकुमार !
अबउप्रान्त
मान्ने छैन तिम्रो देश
जर्साब !
आजैबाट तोडेँ
तिम्रो सुरक्षा घेरा !
सक्ने भए
ब्यारेकमा कैद गर घामलाई
सक्ने भए
बारुदले उडाइदेऊ
त्यो डाँडामाथिको जूनलाई
राजकुमार !
अबदेखि मान्नेछैन तिम्रो देश !

3 Comments

  1. 1
    Phulman Says:

    veeeeeerrrry nice poem. keep it up kabi jyu ! u have realy extra creative power. but the title of poem doesn’t match with poem’s theme. anyway, beautiful poem.

    phulman

  2. 2

    doct sap, poetry good chha hai

  3. 3
    Sabina Sindhu Says:

    Poem is nice. Keep it up .


RSS Feed for this entry

Leave a Comment