Lost paradise

December 1, 2011


By Ghanashyam Khadka

It is very pathological, very ugly, and very miserable that we have lost the capacity of laughing naturally. To laugh joke is needed, to laugh somebody has to fall down slipping on banana skin, to laugh your neighbor has to lose money! Other’s misery has become must to trigger the laughter in us!

It is the shame on the world’s self declared wisest creature who can’t be happy unless other cry. That is why people go on consoling whenever you weep. Go and weep at any corner of the world, you will find people eve ready to have pity on you. As if, they were waiting you for the ages! But laugh, be cheerful, nobody comes to you and join!
‘Why are you laughing?’ they yell at you, ‘Are you gone mad?’
Laughter has become something insane here. Strange world! This very people never say weeping is madness. Instead they come to console you even without asking the cause. They are not showing sympathy out of love. They are not really sorry. Though they make mouth outwardly in your sorrow, inwardly they are enjoying a lot. Their ego is very satisfied at the moment. Your sadness is the proof that they are in better condition. World still contains so many dismal people to whom they too can be of great help. No matter how much agony surrounds them, they are still in the condition of showing sympathy on other. Your sorrow and your tear is the great proof. Your sorrow is the greatest relief to their mundane life.
Read more »

“Eleven Hints for Life”

January 10, 2011

1. It hurts to love someone and not be loved in return.
But what is more painful is to love someone and never
find the courage to let that person know how you feel.

2. A sad thing in life is when you meet someone who
means a lot to you, only to find out in the end that it was
never meant to be and you just have to let go.

3. The best kind of friend is the kind you can sit on a
porch swing with, never say a word, and then walk away
feeling like it was the best conversation you’ve ever had.

4. It’s true that we don’t know what we’ve got until we lose
it, but it’s also true that we don’t know what we’ve been
missing until it arrives.

5. It takes only a minute to get a crush on someone, an
hour to like someone, and a day to love someone-but it
takes a lifetime to forget someone.

6. Don’t go for looks, they can deceive. Don’t go for wealth,
even that fades away. Go for someone who makes you
smile because it takes only a smile to make a dark day
seem bright.

7. Dream what you want to dream, go where you want to go,
be what you want to be. Because you have only one life and
one chance to do all the things you want to do.

8. Always put yourself in the other’s shoes. If you feel that it
hurts you, it probably hurts the person too.

9. A careless word may kindle strife. A cruel word may wreck
a life. A timely word may level stress. But a loving word may
heal and bless.

10. The happiest of people don’t necessarily have the best
of everything they just make the most of everything that comes
along their way.

11. Love begins with a smile, grows with a kiss, ends with
a tear. When you were born, you were crying and everyone
around you was smiling. Live your life so that when you die,
you’re the one smiling and everyone around you is crying.

जात एउटा मान्यता

April 17, 2010

घनश्याम खड्का
राजधानीमा क्षत्रीहरूले नाङ्गो खुकुरी देखाएर जुलुस निकालेको केही सातापछिको एउटा जमघट । त्यहाँ अन्य साथीहरू भेटिए- राजकुमार बानियाँ, भोजराभाट र अरू थुप्रै ।
झल्यास्स भएँ, ए, यिनीहरू पनि क्षत्री ! कहिल्यै कतै हामीबीच ‘जात एउटै’ भन्ने संवादले प्रवेश पाएको थिएन । मैले जातीय चस्माले कहिल्यै हेरेको पनि थिइन । त्यसदिन त्यस्तो विचार किन आएको होला ? Read more »

आनन्दको यात्रा

November 21, 2009

घनश्याम खड्का
विदेसिने सबैको एउटै सपना हुन्छ, पैसा कमाउने । अमेरकिा, युरोप र अरू यस्तै सम्पन्न मुलुक पुग्न पाए यहाँका शिक्षक पनि उता भाँडा माझ्न तयार देखिन्छन्, माझेका छन् पनि । अरू धेरै कुरामा मतान्तर भए पनि सम्पन्न मुलुक पुग्नु र पैसा कमाउनु सायद गरबितम देशका नागरकिका साझा कामना हुन् । काम जस्तोसुकै किन नहोस्, मर्यादा जति कम किन नहोस् लाखौं नेपालीले यही कामना बोकेर देश छाडेका छन्, छाड्दै छन् ।

भारतमा नेपालीको साझा चिनारी ‘बहादुर’ को थन्काबाट माथि उठेको छैन, बेलायतमा त्यही स्तरको ‘गोर्खा’ भन्ने पहिचान अझै पनि भत्केको छैन । हुँदाहुँदा खाडी मुलुक र मलेसियातिर कम पैसामा बढी पसिना चुहाउने ‘लेवर’ को मुख्य उत्पत्ति केन्द्र भनेर पनि यो देश चिनिन थालेको निकै भइसक्यो ।
Read more »

प्रेम, यौन र जीवन

February 14, 2009

घनश्याम खड्का

प्रेम । यसको व्याख्यामा हजारौं कविता लेखिएका छन्, गीत गाइएका छन् र सिनेमा बनाइएका छन् । काव्य, कला र दर्शनमा प्रेमले जति अरू कुनै कुराले सायदै ठाउँ पाएको छ । कवि, लेखक, चित्रकार, साधु, योगी र नेतासम्म पनि प्रेमको महिमा गाएर कहिल्यै थाक्दैनन् । सबैको मुखमा ज्यादा आइरहने शब्द सायद प्रेमै हो । तर जति नै गफिए पनि संसारमा प्रेम प्रतिक्षण दुर्लभ हुँदै गएको छ । यो असाध्यै चर्चा गरिएको तर अनुभव कमले गरेको एउटा रहस्य हो ।
love_wallpaper_111
जीवन र प्रेम गहिरोगरी जोडिएका छन् । प्रेम छैन भने जीवन जीवनजस्तो हुँदैन । प्रेमहीन जीवन लहर विनाको सागरजस्तो कुरूप, गतिविनाको नदीजस्तो निष्प्राण, सुगन्धविनाको फूलजस्तो निरस र फलविनाको वृक्षजस्तो अनुर्वर हुन्छ, बाँच्नलायक हुँदैन ।

प्रेमको सम्बन्ध चेतनासँग छ । प्राणी जति चेतनशील हुन्छ, उति प्रेमपूर्ण । जति प्रेमपूर्ण हुन्छ, उति होशपूर्ण । जति होशपूर्ण हुन्छ, उति आनन्दित । वनस्पतिमा चेतना कम छ, त्यसैले तिनमा प्रेम पनि हामीले बुझ्ने स्तरको प्रस्ट छैन । पशुपन्छी वनस्पतिका तुलनामा अलि चेतपूर्ण छन्, तिनको प्रेमको आभास हामी सजिलै पाउँछौं । चेतनाको सीमितताका कारण मानवइतर प्राणीको प्रेमले शरीरको घेरा तोड्नसकेको छैन । तथापि कृत्रिमता नमिसिएकाले, मान्छेको जस्तो सभ्यताको आडम्बर प्रदर्शन गरिरहनुपर्ने झन्झट नभएकाले तिनको जीवनमा कृत्रिमता छैन ।

थाहा छ, मान्छे चेतनाका हिसाबले यो चराचर जगतको श्रेष्ठ प्राणी हो । उसको प्रेम फराकिलो र विराट हुनुपर्ने हो । तर यस्तो सायदै भएको छ । मान्छेको प्रेम पनि पशुको झैं शरीरकेन्द्री छ । भ्रमवश उसले यौनलाई प्रेम ठानेको छ । एक पश्चिमा विचारकले त भनेका पनि छन्, ‘प्रेम यौनको गलत उच्चारण हो ।’

व्यक्तिविषेशका प्रति, उसको कुनै खुबी या सौन्दर्यको वशिभूत उब्जिएको भाव प्रेम होइन, वासना हो । वासना सधैं बदलिरहन्छ । आफूलाई राम्रो लागेको मान्छे वा वस्तुभन्दा पनि राम्रो अर्काे व्यक्ति वा वस्तु देखेको क्षण मनमा त्यो प्राप्त भइदिए हुन्थ्यो भन्ने कामना उब्जिन्छ । यो मुच्र्छना हो, बेहोशी हो । बेहोशीले दुःख सिवाय केही दिँदैन ।

मान्छेलाई अक्सर यही बेहोशीले पछयाएको छ । र नै त यतिका दुःखी छन्, रोगी हृदयका रुग्ण मानिसहरू छन्, अपराध र युद्ध छन् । प्रेम र घृणा दुई विपरीत शब्दका रूपमा लिइन्छ । तर मलाई लाग्छ, यसमा विपरीत केही पनि छैन । प्रेमको मात्रा साह्रै कम, लगभग शून्यको स्थितिमा घृणाको जन्म हुन्छ, अहंकारको जन्म हुन्छ । घृणाको अनन्त जालोले जेलिएको मान्छेले जे पनि गर्न सक्छ, हत्या पनि, युद्ध पनि । घृणाको मात्रा शून्य भएको अवस्थामा जे बाँकी रहन्छ, त्यही प्रेम हो, जीवन हो । प्रेमले पूर्ण जीवन बाँचिरहेको मानिस अरूलाई दुःख दिन सक्दैन । लुट, हत्या र बलात्कार प्रेमकै अनुपस्थितिमा लाग्ने सरुवा रोग हो । युद्धपिपासु रोमन सम्राट क्लाउडिअसले विवाहमा उसै प्रतिबन्ध लगाएका थिएनन् । उनी देशका सबै युवालाई भर्ती गरेर युद्धमा पठाउन चाहन्थे । तर विवाह गरेका र प्रेममा परेकाहरू गएनन्, जान चाहेनन् । प्रेमपूर्ण जीवन छाडेर मारकाटमा को जान्छ ? सन्त भ्यालेन्टाइनले युवायुवतीको गोप्य रूपमा विवाह गरिदिन थाले । क्लाउडिअसले उनको ज्यानै लिए । उनै सन्तको सम्झनामा १४ फेब्रुअरी ‘प्रेम दिवस’का रूपमा मनाइन थालेको हो ।

बिहा गर्ने अनुमति पाए पनि आजपर्यन्त संसारभरका सिपाही ब्यारेकमा राखिन्छन् । यसको गहिरो अर्थ छ । लामो समय महिलाको सम्पर्कमा नआएको पुरुषको हृदय प्रेमशून्य हुन्छ । प्रेमशून्य हृदयले मात्रै युद्ध लड्न सक्छ, मान्छे मार्न सक्छ ।

अक्सर सिपाहीले सामूहिक बलात्कार गरेको समाचार सुन्नमा आइरहन्छन् । प्रेमको अलिकति पनि अनुभव भएको मान्छेले बलात्कार गर्न सक्दैन, त्यो पनि सामूहिक । प्रेमिका वा पत्नीभन्दा पर लामो समय बस्दा सैनिकलाई हिंसा स्वाभाविक लाग्दै जान्छ । उनीहरू तत्काल आक्रमणमा उत्रने स्वभावका हुन्छन् । प्रेमको संसर्गमा बाँचिरहेको मान्छेमा हिंसाप्रतिको यो तत्परता पटक्कै हुन्न ।

विश्वभर बढिरहेको अपराध, युद्ध र कलहसँग कतै न कतै प्रेमको सम्बन्ध छ । प्रेमको जीवनदायिनी धारा कतै पक्कै टुटेको छ । नत्र किन दुव्र्यसनी बढिरहेका छन्, किन झगडाको आगो सल्किरहेको छ, किन वेश्यावृत्ति फस्टाइरहेको छ ? किन ?

अधिकांशले प्रेमलाई यौवनको आवेग ठान्छन् । सहवासलाई यसको प्राप्ति मान्छन् । यौन र प्रेम छुट्टाछुट्टै कुरा हुन् । जसरी प्रेम प्राणीको स्वभाव हो, यौन पनि आवश्यकता हो । तर पशुलाई झैं यौन स्वच्छन्दता मान्छेलाई नभएकाले, तथाकथित सभ्यताले यसको प्राकृतिक वेग रोकिदिएकाले मान्छेको मनमा यौनको गहिरो तृष्णा छ । त्यो तृप्त नभएसम्म प्रेमको टुसा पलाउन सक्दैन ।

सन्तहरू भन्छन्, साँचो प्रेमको अनुभव भएपछि मात्रै सत्यको बोध हुन्छ । सत्यको बोध भएपछि मात्रै मान्छे जाति, देश, भाषा, सभ्यता र आफ्नो-पराइको साँघुरो घेराबाट माथि उठ्न सक्छ । उसको हृदयमा संसारका सबै प्राणीप्रति करुणा जाग्छ । जीवनमा झगडा गर्नुपर्ने कारणै कहाँ छ र ?

Lady With Beautiful Heart

February 10, 2009

me
We were in a day long journey. I was hungry and she had many things to give. It was here gentleness that she shared the things she had. Only a beautiful hearted person does have guts to share the things at the time of shortage. Thanks Yen, I am grateful to you!
Photo By:Umesh Shrestha

फुर्सदमा शारदा

January 31, 2009

घनश्याम खड्का

त्यहाँ आएपछि,’ उनले भनेकी थिइन्, ‘नरहर िआचार्यको घर सोध्नु, जसले पनि बताइदिन्छन् ।’
आफूलाई छिमेककाले चिन्लान् भन्नेमा उनलाई उति विश्वास रहेनछ । भनेको ठाउँमा भनेकै प्रश्न गर्दा नरहरकिो घर ‘ऊ त्यही हो’ भनेर देखाइदिने एउटा बूढो हात जाडो छल्न हतपत ज्याकेटको गोजीमा पस्यो ।

साँच्चै उनीबारे यो बाटो र गल्लीमा कसैलाई थाहै छैन ? जान्ने इच्छा एकदम बढेर आयो । अघिल्तिर कोही ज्यामीको काम हेरेर बसिरहेको थियो, सोधियो ।

‘को ? कवि शारदा शर्मा ?’ तिनले आँखा ठूलो पारे, ‘यही पल्लो त हो नि । सेतोचाहिँ ।’

खुसीजस्तो एउटा तरंग भित्र कत्रै उठ्यो, हाम्री लेखिका गुमनाम छैनन्, कम्तीमा उनले सोचेजति । तर शारदालाई उनले चिन्दा खुसी किन लाग्यो ? उत्तर आफैंसँग थिएन ।
Read more »

हुनै छाड्यो भेट

January 31, 2009

घनश्याम खड्का

बत्ति गएको रहेछ । निस्पट्ट अँध्यारोमा सडक डरलाग्दो सुरुङजस्तो देखिन्थ्यो । ‘यताबाट जाम’ मन्त्रिनिवासको हाताभित्र छिरेपछि हवल्दारले बाटो देखाए ।

अगलबगलका घरमा विजुलीको उज्यालो झ्यालबाट बाहिर निस्किएको देखियो । लोडसेडिङले शहर अँध्यारोमा कतै विलाएको क्षण मन्त्रिनिवासको उज्यालो मोहक हुँदोरहेछ । लोडसेडिङमा पनि कसरी यति उज्यालो ?

‘त्यो व्याट्रिबाट चल्ने हुन्छ नि, के रे त्यो ?’ हवल्दारले केही बिर्सिएजस्तो थियो ।

‘इन्भर्टर ?’

‘हो हो’ उनी भण्डै चिच्याए,’हो त्यो छ क्या क्वार्टरहरुमा ।’ कुन घरमा कुन मन्त्री बस्छन् उनलाई आँखा चिम्ले पनि थाहा हुँदो रहेछ । ‘लौ, अब यहाँभित्र जानुहोस्’ उनले भने,’अर्थमन्त्रीको क्वार्टर यही हो ।’ उनी फर्किए ।

‘यता आउनुहोस यता’ हातमा मैन लिएर एउटी महिला बाहिर निस्किन्,’माथि बस्नुहोस् ।’ ती मिजासिलीको नाम रहेछ रमा । ‘चिया पकाउँछु है’ भनेर भान्छातिर लागिन् । चारैतिर सोफा ओच्छ्याइएको सफा कोठा । सायद यो अर्थमन्त्रीको मान्छे भेट्ने ठाउँ थियो ।

अन्त उज्यालो भए पनि बाबुराम भट्टराईको क्वार्टरमा मैन नबाली धर थिएन । ‘यहाँ चाहिँ इन्भर्टर छैन ?’

‘छ न न त’ भान्छातिरबाट आवाज आयो,’तर आज बलेकै छैन । खाली कराउँछ मात्रै ।’

अघिदेखि आइरहेको एकोहोहो कुईँय आवाज त्यही मोरो इन्भर्टरको रहेछ जसले मन्त्रिनिवासको मौनतालाई निरन्तर विथोलिरहेको थियो । ‘चल्छ कि’ भन्ने आसले रमा यो क्यारकुर सहेरै पनि इन्भर्टर खोलेर बसिरहेकी थिइन् । तर यो विपक्षी दलको नेताजस्तो अटेरी भइरहेको थियो, मरे नबल्ने ।

छेउको घरमा मज्जैले बत्ति बलिरहेको थियो जहाँ पर्यटनमन्त्री हिसिला यमी बस्दिरहिछन् ।

‘उहाँ भर्खरै आउनुभाथ्यो’ रमा बोलिन्,’बत्ति रहेनछ भनेर जानुभो । तपाईँलाई उतै पठाइदिनु भन्नु भा’छ ।’
hisila-yami-baburam-bhatt
Maoist Leader Hisila Yamai and Baburam Bhattrai in Minister Quarter.
त, रमा दिदीले पकाएको चिया पिउन पाइएन । हिसीलाको उज्यालो भान्छामा रमाकै जस्तो काम सम्हालेर बसेकी सामनाले कफि तयार पारिन् ।

‘कस्तो चिसो है’ भनेजसरी जिउ कुक्रुक्क पार्दै हिसिला वैठक कोठामा पसिन् । उनले कानसम्म लगाएको ऊनी टोपीले पनि के संकेत गर्थ्यो भने हाम्री मन्त्री चिसोसँग सम्झौता गर्ने पक्षमा छैनन् ।

‘अचेल जतिखेर पनि हतार हुन्छ’ तातो पानी सुरुप्प पार्दै उनले विरक्तीमा अनुहार खुम्च्याइन् । एकछिन चुप लागिन । अनि भनिन्,’यो अन्तरवार्ता कहिले छाप्नु हुन्छ ?’

उत्तर दिनअघि नै मोबाइल बज्यो । ‘खै, कहाँ हुनुहुन्छ ?’ गणतन्त्र नेपालको पहिलो सरकारमा मन्त्री भएको हिसिला दम्पतीलाई एकै ठाउँमा जुटाएर कुराकानीको चाँजो मिलाएका बाबुरामका सहयोगी विश्वदीप पाण्डे बोल्दै थिए,’हामी यहाँ आइसक्यौं ।’

हिसिला उता जान तयार भइनन् । ‘त्यहाँ त अध्यारो छ’ मोबाइलमा उनी आफैं बोलिन्,’यतै आउनु नि ।’ बाबुरामले नाइँ भनेनन् । केही बेरमा उनी चुपचाप आइपुगे । खैरो जाकेट, खरानी रंगी पाइन्ट र कालो टोपी लगाएका उनको अनुहार बडो क्लान्त थियो ।

‘डाक्टरसाब बिरामी हुनुहुन्छ ?’ अकस्मात जिब्रोबाट यस्तो प्रश्न फुस्कियो । जवाफदिनुअघि एक पटक उनका ५५ वर्षे आँखाले प्रश्नकर्ताको अनुहार कोतरे । ‘त्यस्तो देखिन्छु र ?’ उनको कैफियत थियो,’थकाइले होला ।’

दिनभर एमाले नेतासँग वार्तामा बसेका रहेछन् । थाकेजस्तो देखिनुको यो तत्कालिन कारण थियो कि यस्तो उनको स्थायी मुद्रा हो ? सोध्नै लागेको थिएँ झ्याप्प बत्ती गयो । कसैले इन्भर्टरका गडबडी ठिक गरिदियो सायद । बत्ति फेरि आयो ।
Read more »

निर्विकल्प बाटो

January 31, 2009

घनश्याम खड्का

लाउ“लाउ“ र खाउ“खाउ“को उमेर थियो । पढ्नमा उति ध्यान गएन । कतै एक्लै बसेर चुरोट पिउ“दा दीपक खड्गीलाई ‘बिन्दास’ भएजस्तो लाग्थ्यो रे । स्कुल छाडेर गल्लीगल्ली चहार्ने साथीको कमी थिएन । उनी पनि तिनकै संगतले तानिए । बागबजारमा उनको घर थियो र त्यही“ छिमेकमा दीपकभन्दा ४ वर्षकान्छी एउटी १४ वषर्ीया किशोरी बस्थी जसको नाम थियो रोजी पौडेल ।
beauty-of-life
यी दर्ुइको स्कुल पनि स“गै थियो । रोजी सात र दीपक १० कक्ष्ँामा पढ्थे । अल्लारे उमेरमा भर्खर भर्खर प्रेम भएको थियो । एक दिन दीपकले रोजीलाई भगाए । त्यही उनीहरूको बिहा थियो । यो थियो २०४९ सालको कुरो । यी दर्ुइको जात मिल्दैनथ्यो । रोजीलाई खसमको घरबाट निकालिदिए । माइतमा बस्न दिएनन् । पिर भुल्न दीपकलाई चुरोट र रक्सीले मात्रै पुगेन, उनी ब्राउन सुगर लिन थाले । रोजीले पनि त्यसै गरिन् ।
सुरुमा ‘पिर भुल्न’ लिइएको लागू औषध अब बानी भयो । रोजी दोजिया भइन् । ज“चाउ“दा थाहा भो उनको रगतमा त एचआईभीको भाइरस रहेछ । त्यो दीपकमा नहुने कुरै थिएन । दीपक साथीहरूस“ग ‘सिरिन्ज’ लिन्थे । त्यसैबाट एचआईभी सरेछ । जोवनका सुनौला क्षणमा यस्तो खबरले यी दर्ुइको मनमा कम्ता ठूलो भुइ“चालो गएन । आफ्नो पिर त छ“दै थियो, गर्भाशयमा हर्ुक“दो शिशुको चिन्ताले उनीहरूको ज्यान खायो । धन्य चिकित्सा विज्ञान † आमा संक्रमित भए पनि बच्चालाई सुरक्षित जन्माउने विधि
-पीएमटीसीटी) भर्खरै नेपालमा भित्रिएको रहेछ । त्यसैको प्रयोग गरेर डाक्टरले शल्यक्रिया गरी शिशु निकाले -रोजीका अनुसार त्यो नेपालको पहिलो पीएमटीसीटी शल्यक्रिया थियो) । पेटमा छोरी रहिछ जो अहिले ११ वर्षी भएकी छ । -त्यही विधि प्रयोग गरेर ४ वर्षघि उनीहरूले छोरो पनि जन्माए । यी दुवै दिदी भाइलाई एचआईभी छैन ।)
एचआईभीको चाल पाएपछि जीवनमा अचानक बदलाब आयो । बा“की जीवन आफूजस्तै रोगीको स्याहारमा खर्चने तिनको योजना छ । उनीहरूले सहारा प्लस नामको संस्था पनि खोलेका छन् । एचआईभीको संक्रमणले अघोरै दुःखी भएकाको औषधोपचारमा उनीहरू लागेका छन् । जे हुनु भइगयो, बा“की जीवनचाहि“ राम्रो काम गरेर बिताउ“ भन्ने लागेको छ दुवैलाई । र्
मर्छु भन्ने थाहा पाएपछि मान्छेमा ठूलो बदलाब आउ“दो रहेछ, जस्तो रोजी र दीपकको जीवनमा आयो । यी दर्ुइले कति प्रयास गर्दा पनि दर्ुर्व्यसन छुटाउन सकेका थिएनन् । तर जब मृत्युको खबर आयो, दर्ुर्व्यसनको तलतल एकदमस“ग गायब भयो । क्यान्सर लागेको पत्तो पाएपछि जगदीश घिमिरेले ‘अन्तरमनको यात्रा’ लेखे । मृत्युलाई नजिकबाट देखेको
मान्छेले लेखेको कुरो धेरैले मन पराएर पढेका पनि छन् ।
मृत्यु जीवनको सबभन्दा ठूलो भय हो । यसैबाट बच्न खोज्दा मान्छेले यतिका उन्नति प्रगति गरेको हो । जतिसुकै दुःख, हैरानी र व्यथा भए पनि बा“चिरहन चाहने मान्छेको स्वभाव हु“दो रहेछ । विक्षिप्त र आवेगमा आत्महत्या गर्नेहरू पनि छन् । तर त्यो पनि जीवनकै मोहले गर्दा भएको हो । सोचेजस्तो जीवन नपाएको झोकमा भएको अन्ध अभिव्यक्ति हो आत्महत्या ।
मृत्युको बोधले जीवनका सारा गुनासा, इष्र्या, रोष र बासना समाप्त भएर जान्छन् । लडाइ“-झगडा गर्ने विचार उसै
सेलाएर जान्छ ।
तर रोगै नलागे पनि प्रत्येक मानिस विस्तारै मरिरहेको छ । हामी प्रतिपल मरिरहेका छौं । बितेको प्रत्येक क्षणले हामीलाई मृत्युको नजिक पुर्याइरहेको छ । जीवनमा सत्तरी वा असी वर्ष
अचानक आउने होइन । हामी अचानक मर्ने होइनौं । पल प्रतिपल गर्दै बुढ्यौली आउ“छ, मृत्यु आउ“छ ।
तर हामीलाई रोग नलागी यसको आभास हु“दैन । भन्नलाई त भन्छौं, यो दर्ुइ दिनको जिन्दगी, कर्कलाको पानी, यसको के भर – तर व्यवहारमा यसको छायासम्म पनि देखि“दैन ।
हाम्रा स्वार्थ, अहंकार, नीचता र पाखण्ड हर्ेदा लाग्छ हामी अनन्त बा“च्छौं । यो भ्रमले मान्छेलाई जेलेको छ । र नै त यतिका युद्ध, यतिका धोखा र यतिका दुःख भएको छ जीवनमा । सन्तहरू भन्छन्, यो सब मान्छेमा मृत्युको बोध नहुनाले गर्दा भएको हो । मृत्युको स्मरण अरूको हानि गर्नबाट जोगिने निर्विकल्प बाटो हो । धर्मले यसै भनेको छ ।

सहज जीवनको सौन्दर्य

January 31, 2009

घनश्याम खड्का
‘भोक लाग्दा खान पाउने र निन्द्रा लाग्दा सुत्न पाउने मान्छे भाग्यमानी हो ।’ यो कुरो मैले कहाँ र कहिले पढेँ वा सुनँे सम्झना छैन । तर नबिर्सने गरीे मनमा गढेको रहेछ जो मलाई जहिल्यै विरोधाभासपूर्ण लागिरहन्थ्यो । ‘यस्तो पनि भाग्य हुन्छ कहीँ ?’ मनमा लाग्थ्यो, ‘धेरै पैसा हुनु, इज्जत हुनु, नाम कमाउनु पो त भाग्य । सुत्नु र खानु त के ठूलो भो र ?’
तर अचेल बुझ्दै छु यसमा जीवनको ठूलो सत्य खामिएको रहेछ । निन्द्रा र भोक सबैलाई लाग्छ । तर सबैले भनेकै बेला खान र सुत्न सक्दैनन् । अभावले यो नैसर्गिक आवश्यकताबाट वञ्चित हुनु एउटा कुरा, सब थोक पुगेर पनि यति आधारभूत तर सामान्य आवश्यकता तत्क्षण पूरा गर्न नसक्नेहरू करोडौं छन् यो पृथ्वीमा ।
beauty-of-natural-life
आधुनिक विश्वमा यी दुवैबाट मान्छे बिस्तारै वञ्चित हुँदै गइरहेका छन् । भोक लाग्नेबित्तिकै खाने फुर्सद तिनलाई छैन । निन्द्रा लाग्नेबित्तिकै सुत्ने अवसर सबैलाई हुँदैन । औद्योगिक मुलुकका मान्छे फुर्सदमा सुत्छन्, फुर्सदमा खान्छन्् । हाम्रै देशमा पनि स्कुल-कलेज र कार्यालयमा खाजा खाने समय तोकिएको छ । तर ठिक्क दुई बजे नै भोक लाग्छ भन्ने के छ ?
चिकित्सा विज्ञान भन्छ्, भोक लाग्दा नखानु जति हानिकारक छ, भोक नलाग्दा खानु पनि उत्तिकै । निन्द्रा लाग्दा नसुत्नु जति नराम्रो हो, सुत्दा निन्द्रा नलाग्नु पनि उति नै । भोक लाग्नु भनेको शरीरले ऊर्जा माग्नु हो जसको पूर्ति खाने कुराबाट मात्रै सम्भव छ ।

शरीर एउटा जटिल जैविक यन्त्र हो । भोक लाग्दा पाचन रसहरू सक्रिय हुन्छन् । तिनले काम पाएनन् भने शरीरमा क्षति पुग्छ । ग्यास्टि्रक अल्सर, कब्जियतजस्ता रोग भोक लागेको क्षण नखानाले भएको असर हो । निन्द्राको अनियमितताले पनि अनेक रोग लाग्छन् ।

व्यापार, अध्ययन, जागिर वा यस्तै व्यस्तताले मान्छेलाई गाँज्दै लगेको छ । खासगरी सहरी जीवनमा यो जटिलता बढी देखिन्छ जहाँ सहज स्वाभाविक निन्द्रा पाउनु मुस्किल छ । महत्त्वाकांक्षीहरू रातभर सुत्नु समयको ठूलो बर्बादी ठान्छन् । अध्ययनहरूले के देखाएका छन् भने अमेरिका, जापानलगायत विकसित देशमा धेरै मानिस निन्द्राको औषधि नभई सुत्न सक्दैनन् । नियमित औषधि सेवनले उनीहरू धेरै दुव्र्यसनी भएका छन् । कतिको ज्यान गएको छ । गम्भीर रोगले समातिने धेरै छन् । मात्रामा धेरथोर होला, अनिन्द्राको समस्याले ग्रस्त मान्छे नभएको पृथ्वीको कुनै कुनो पाउनु अब असम्भव छ ।

निन्द्रा एक महाऔषधि हो जीवनको । यो नहुँदो हो त जीवन दिक्कलाग्दो, तनावपूर्ण हुने थियो । निदाएको क्षण हामी कहाँ हुन्छौं ? हाम्रो चेतना कहाँ हुन्छ ?

निन्द्रामा सबै दुःख, घृणा, प्रेम र असफलताहरू लुप्त हुन्छ । विचारहरूको अन्त्य हुन्छ । चेतना कतै पर नभेटिने ठाउँमा पुग्छ । विज्ञानले पत्ता लगाउन नसकेका धेरै कुरामा निन्द्राको रहस्य पनि हो । निन्द्रा के हो ? निदाएको क्षण मान्छेको चेतना कहाँ पुग्छ ? बिउँझेपछि शरीर फुर्तिलो कसरी हुन्छ ? निदाउन नपाउँदा किन जीउ गह्रौं हुन्छ ? यी र यस्ता प्रश्नको उत्तर कत्ति गर्दा पनि पत्ता लागिसकेको छैन ।

आधुनिक जीवनले केही गुमाएको छ भने निन्द्रा गुमाएको छ । यसले दिने प्राकृतिकपना र स्वास्थ गुमाएको छ । निन्द्रामा आएको यही गडबडीले जीवन बढी कोलाहलपूर्ण हुँदै गइरहेको छ । रातभरी नसुतेको दिन संसारै उराठिलो लाग्छ । जीउ गह्रौं हुन्छ, खान रुच्दैन ।

निन्द्राको सम्बन्ध सीधै मान्छेको मनस्थितिसँग जोडिएको हुन्छ । मन विचारहरूले भरिएको छ भने निदाउनु मुस्किल पर्छ । दुःखजस्तै सुख वा उत्तेजनामा पनि निन्द्रा गायब हुन्छ । मानिसहरू अति हर्षको क्षण पनि रातभर निदाउन सक्दैनन् । निदाइहाले पनि शरीरले गहिरो विश्राम पाउन सक्दैन ।

मनोवैज्ञानिकहरूले निन्द्रामाथि निरन्तर खोज र अनुसन्धान गरिरहेका छन् । हालसम्मको अध्ययनले उनीहरू के निष्कर्षमा पुगेका छन् भने निन्द्रामा पनि मन सक्रिय हुन्छ, विचारहरू चलिरहन्छन् । सपना त्यसैको प्रतिफल हो । दमित र कुण्ठित अनेक इच्छा सपनाको रूपमा प्रकट हुने प|mायड तर्क पछिल्ला खोजहरूले पुष्टि भइसकेको छ । निन्द्रामा सपना नदेख्नु स्वस्थ मानसिकताको कसी हो । तर अधिकांशले सपना तुरुन्तै बिर्सने गर्छन् । वैज्ञानिकहरूका अनुसार आठ घन्टा सुत्दा एउटा स्वस्थ मान्छेले १० मिनेटजति मात्रै सपनाहीन निन्द्रा पाउँछ ।

अध्यात्मले निन्द्रालाई अचेतना भनेको छ । अनिन्द्रा र जागरण एउटै कुरा होइनन् । रिस, वासना, अहंकार, लोभ, इष्र्या र कामनाजस्ता भाव अचेतना हुन् । मानिस अक्सर क्रोध, लोभ वा अहंकारकै फन्दामा हुन्छ । यस हिसाबले सबै अनिन्द्रामै हुन्छन् । विचारहरूबाट छुटकारा, शान्त र होसपूर्ण जीवन जागरण हो भन्छन् सन्तहरू । उनीहरू विचारै नगर्ने होइनन् तर विचारको फन्दामा पर्दैनन् रे । हामी सांसारिक मान्छेलाई चाहिँ जे मनमा आयो त्यही गर्न मन लाग्छ । खाने कुरा देखे मुख रसाउँछ, गीत सुन्दा खुट्टाहरू त्यसकै तालमा हल्लिन्छन् । जे नसोचूँ भन्यो त्यही बढी सदृश्य भएर आउँछ । तर ध्यानीहरू मनको यो दशाबाट पार हुन्छन् रे । रहस्यदर्शीहरू भन्छन्, जागृत मान्छे निदाउँदा पनि होसपूर्ण हुन्छ, अचेतचाहिँ हिँड्दा पनि निन्द्रामा । सचेतनाको पहिलो सुरुआत प्राकृतिक जीवन हो । निन्द्रा लाग्नेबित्तिकै सुत्नु र भोक लाग्नेबित्तिकै खानु हो । राम्ररी निदाएकै मान्छे राम्ररी जाग्न सक्छ, खुसी हुन सक्छ र मुस्कुराउन पनि !

Follow

Get every new post delivered to your Inbox.